झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो । बिहीबार बिहान शौचालय जान घरको आँगनमा निस्किएका उनलाई हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले १५ ओभरको समाप्तिमा चार विकेट लिँदा मलेसियाले २८ रन मात्र जोड्न सकेको छ। सुरुमा ब्याटिङको निम्तो पाएको मलेसियाका लागि चार जना ब्याट्सम्यान डिज प्याट्रोबाहेक कसैले पनि दोहोरो रन […]
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ । अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको स्वागत गरेको हो । एमसिए–नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका […]
नेपालमा स्वास्थ्य सेवालाई उपभोक्ता कानुन अन्तर्गत राख्दा चिकित्सक र बिरामी दुवैलाई विभिन्न असर पर्न नेपाल चिकित्सक संघ पूर्वअध्यक्ष एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का शिक्षाध्यक्ष डा लोचन कार्की बताउँछन्। त्यसैले आन्दोलन नै घोषणा गरेर मैदानमा आउनु परेको बताउँछन् ।