बागमतीमा एकीकृत समाजवादी र नेपाली काँग्रेसबीच सत्ता बाँडफाँड भएको छ । आधा आधा कार्यकाल मुख्यमन्त्री चलाउने गरी भएको सहमति अनुसार सुरुमा नेकपा एसका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने छन् ।वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बहिर्गमनपछि आगामी सत्ता नेतृत्वको लागि नेकपा एस र काँग्रेसबीच यस्तो सहमति भएको हो ।शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा बैठकमा टेबल गरिसकेकी छन् ।