दाङ-१ 'क' मा माओवादीका ईन्द्रजित थारु विजयी

दाङ – दाङ निर्वाचन क्षेत्र न १(क) मा नेकपा माओवादी केन्द्रका ईन्द्रजित थारु विजयी हुनुभएको छ । लुम्बिनी प्रदेश सभा सदस्यमा १ हजार ७ सय ७५ मतान्तरले ईन्द्रजित थारु विजयी हुनुभएको हो । ईन्द्रजित थारुले १३ हजार ५ सय ५ मत ल्याउनुभएकाे छ । यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत ल्याउनुभएको छ ।