निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।
काठमाडौँ – निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ। इलाम र बझाङका लागि वैशाख १५ गते चुनावको मिति घोषणा भएसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो। आयोगका प्रवक्ता डा. थानेश्वर भुसालले भने, ‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० ९२० बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता […]
काठमाडौं । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । आयोगले देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको […]
१९ साउन, काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने अनलाइनखबरलाई बताए । आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको […]
पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन् । निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।
काठमाडौं : सरकारले स्थानीय तह निर्वाचनकाे मिति ताेकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ।आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो। सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुने आयाेगले जनाएकाे छ।निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ। आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगले १६ वर्ष उमेर पूरा गरेर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूको मतदाता नामावली संकलन गरिरहेको छ ।
देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको आयोगले जनाएको छ ।
यसका साथै मतदाता नामावली संकलन विशेष कार्यक्रममार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहहरूमा १० दिन र अन्य जिल्लाका स्थानीय तहहरूमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भएको र दोस्रो चरणको कार्यक्रम पनि सञ्चालन भइरहेको आयोगको भनाइ छ । ...
काठमाडौं, पुस १३ । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय हुम्लाले दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । हुम्लामा मंसिर १७ गतेबाट मतदाता नामावली संकलन सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणमा चंखेली ताँजाकोट र नाम्खा गाउँपालिकामा मतदाता नामावली संकलन हुने जनाइएको छ । मंसिर २९ गतेबाट सुरु […]
डडेल्धुरा : डडेल्धुराका पाँच स्थानीय तहमा फोटोसहितको ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम’ सञ्चालन हुने भएको छ। निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली संकलन विशेष कार्यक्रम, २०७८ जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने भएको हो।जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले मंसिर १७ गतेदेखि पहिलो चरणको मतदाता नामावली संकलन सुरु गर्ने भएको हो। निर्वाचन कार्यालयले पहिलो चरणमा जिल्लाका तीन स्थानीय तहमा मतदाता नामावली संकलन गरिने जनाएको छ। पहिलो चरणमा जिल्लाका आलिताल, भागेश्वर र नवदुर्गा गा