ब्रह्मायणी जात्राको रौनक, तस्बिरमा हेर्नुहोस्

विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रह्मायणी जात्रामा सहभागी हुन भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा पुग्ने गर्दछन्। नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा टीकाको दिन नवदुर्गा प्रकट हुने जनविश्वास छ।व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुने, पाप नष्ट हुने, धर्म प्राप्त हुने जनविश्वास छ। गठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पाल