बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड, १९ लाख ५६ हजारको हात खाली

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको कुल ८ लाख कित्ता बराबरको आईपीओ शुक्रबार बाँडफाँड भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले शुक्रबार कम्पनीको आईपीओ बाँडफाँड भएको र कुल सहभागी मध्ये ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर हात पारेको जानकारी दिएको छ  भने सेयर भर्ने मध्ये १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ ।विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको सेयर खरिद आवेदन