विराटनगर । उद्योगी दीनबन्धु गोयललाई झापाको बिर्तामोडमा ‘उत्कृष्ट नागरिक सम्मान’ प्रदान गरिएको छ । विरता जेसीज बिर्तामोड पूर्वअध्यक्ष क्लबले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नागरिक सम्मान यस वर्ष गोयललाई प्रदान गरिएको हो ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाजसेवी गोयललाई दोसल्लासहित सुन र चाँदीजडित जेसीज सम्मान मेडल र नगद ५ हजार १०० रुपैयाँ प्रदान गरेका हुन् । विरता जेसीजका तत्कालीन अध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य गोपालकुमार बस्नेतको अगुवाइमा शुरू भएको सम्मान कार्यक्रमअन्तर्गत २३औं उत्कृष्ट नागरिक सम्मानबाट गोयल सम्मानित भएका हुन् । कोभिड १९ को महामारीका कारण अघिल्लो दुई वर्ष रोकिएको सम्मानलाई यस वर्षदेखि पुन: अघि बढाइएको बस्नेतले बताए ।