एक साता भो नायिका केकी अधिकारी आइसोलेसनमा बसेको ।
कोरोना संक्रमण भएपछि घरमा ‘आइसोलेट’मा रहेकी केकीका लागि कोरोना संक्रमण थकाइ मार्ने अवसर बन्यो ।
संक्रमणकालीन अवस्थालाई पनि उनले उपलब्धिका रूपमा लिइन् । दुई दिनअघि मात्रै महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘म्हेन्दु’ पढिन् ।
२०१५ सालमा प्रकाशित सो खण्डकाव्य अन्य कृतिभन्दा कम चर्चा भएको मानिन्छ ।
मुनामदन, कुञ्जिनी, मैनाको तुलनामा कम चर्चा पाएको सो कृति उनले बाबा (निर्देशक बद्री अधिकारी)को सिफारिसमा पढेकी थिइन् ।
म...