सङ्खुवासभाको मादी नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

किमाथाङ्का : सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेप चार हजार ३३१ मत ल्याएर विजयी भएका हुन्। आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले नेकपा (माओवादी केन्द्र)का दावाछत्र शेर्पालाई पराजित गरेका छन्। शेर्पाले दुई हजार ६७६…