उपचार मात्रैले संक्रमण नियन्त्रण हुँदैन

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन् । विश्वभर नै महामारी निरन्तर रूपमा बढ्दै गएको तथा मृत्युको संख्या पनि बढिरहेकाले उपचारभन्दा पनि स्वास्थ्यको मापदण्ड पालना गर्नेतर्फ सबै सचेत र इमानदार हुन आवश्यक रहेको उनले बताएका हुन् । […]