भारतमा झन्डै एक वर्षदेखि चिनियाँ राजदूतावास राजदूतविहीनको अवस्थामा छ । यसअघिका राजदूत सन वेइदोङको कार्यकाल सकिएपछि चीनले भारतमा नयाँ राजदूत तोकेको छैन । भारतमा चीनले लामो समयसम्म नयाँ राजदूत नराख्नुलाई भारतीय सञ्चारमाध्यमले समेत प्राथमिकताका साथ खबर बनाएका छन् ।