तेस्रो पटक पनि सर्‍यो कर्मचारी समायोजनसम्बन्धी रिटहरुको फैसला

काठमाडौँ – कर्मचारी समायोजनविरुद्ध परेका एक सयभन्दा बढी रिट निवेदनहरुको निसु (निर्णय सुनाउने) तेस्राे पटक पनि सरेको छ। आइतबारका लागि तोकिएको निसु मंगलबार (भदौ ७ गते)का लागि सरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। संघीयता कार्यान्वयनमा आएपछि सरकारले समायोजनमार्फत प्रदेश र स्थानीय तहमा समायोजन गरेका कर्मचारीहरुले त्यसविरुद्ध सर्वोच्चका रिट दायर गरेका थिए। आफूहरुलाई संघ अन्तर्गत […]