कास्की – गण्डकी पदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि कुटपिट गर्नुभएकाे छ । मनाङेले हिजाे मङ्गलवार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझामाथि कुटपिट गर्नुभएकाे हाे । घटनाको कारणबारे आधिकारिक जानकारी बाहिरिएको छैन । कुटपिटबारे मन्त्रालयकै कर्मचारी खुलेर बोल्न मानेका छैनन् । कुटिएका कर्मचारी ओझाको मोबाइल स्विच अफ छ । ओझा अस्पतालमा उपचाररत रहेका जानकारी प्राप्त भएकाे छ । मन्त्री मनाङेले पनि यस विषयमा बोल्न मान्नुभएन । युवा स्वरोजगारसम्बन्धी कार्यविधि निर्माण गर्ने क्रममा...