मन्त्री नेम्वाङलाई गगनको पत्र : उपत्यकाको सडक र यातायात पूर्वाधार सुधारका लागि चार सुझाव

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले काठमाडौं उपत्यकाको सडक र यातायात पूर्वाधारमा सुधारका लागि सरकारलाई चार वटा सुझाव दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद थापाले आगामी आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रममा उपत्यकाको यातायात पूर्वाधारलाई प्राथमिकता दिन अनुरोध गरेका