२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनामा कोरोना परीक्षण भएको थियो । जसमा एन्टिजेन विधिबाट ५ हजार १३० जना र पीसीआर विधिबाट ५ हजार ३७४ जनामा परीक्षण भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । यो पीसीआर परीक्षणबाट पुष्टि सं

सम्बन्धित सामग्री

भारतमा २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु

काठमाडौँ । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै १ लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो […]

तीन दिनमा दिल्लीमा कोरोना संक्रमित तीन गुणा बढे

नयाँ दिल्ली– भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्ता भएका छन् । यस अघि […]

तीन दिनमा दिल्लीमा कोरोना संक्रमित तीन गुणा बढे, २४ घण्टामा १० हजार संक्रमित

भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्ता भएका छन् । यसअघि मंगलबार दिल्लीमा संक्रमितको संख्या कुल ५ हजार ४८१ संक्रमित फेला परेका थिए । सोमबार ४ हजार र आइतबार ३ हजार जनामा संक्रमण फेला परेको थियो । तीन दिनमा संक्रमितको संख्या तीन गुणा भएको हो ।

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमा जनाइएको छ ।     प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएकामा त्यो सख्या बढेर सोमबार ३७ हजार ९६० जना पुगेको हो । यसरी यहाँ हरेक दिन संक्रमितहरु थपिँदै गएको पाइएको छ । त्यसै गरी यहाँ गएको २४ घण्टा यतामात्र ४० जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्

कोरोनाबाट थप ४४ को मृत्यु, २४८२ संक्रमित थपिए

कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् । यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट भएको

उपत्यकामा आठ सयबढी संक्रमित थपिए, देशभर थप ३३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टा भित्र काठमाडौँ उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो समय काठमाडौँमा सबैभन्दा धेरै ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ संक्रमण पुष्टि भएको हो । साथै  कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५ र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको उपचार गर्दै संक्रमित भएका अहेबको मृत्यु

धनगढी : कोरोना संक्रमणको उपचारमा खटिएका धनगढीका अहेब भरतनाथ योगी वैशाख २ गते बिरामी परे। धनगढी उपमहानगरपालिका–७ बेलीका अहेब भरतको वैशाख ३१ गते कोरोनाको रिपोर्ट पोजेटिभ पुष्टि भयो। वैशाख ३१ गते कोरोना पोजेटिभ पुष्टि भएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भए। उनलाई प्रादेशिक अस्पतालको कोभिड वार्डमा राखेर उपचार थालिएको थियो। डेढ हप्तादेखि कोरोना भाइरसविरुद्ध लडिरहेका भरतको शनिबार बिहान रिपोर्ट नेगेटिभ आएपछि परिवार तथा आफन्तजन निकै खुसी भए तर उनीहरुको खुसी २४

भारतलाई स्पुतनिक-भीको डेढ लाख डोज

एजेन्सी। रूसले कोरोनाबाट अधिक प्रभावित भारतलाई शनिबार स्पुतनिक-भीको डेढ लाख डोज दिएको छ। पहिलो खेपका रूपमा आएको उक्त परिमाणको खोप शीघ्र वितरण गरिने र थप खोप रुसबाट छिट्टै ल्याइने सरकारले बताएको छ। भारतमा शनिबार(२४ घण्टा)मात्रै चार लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या साढे तीनहजार नाघेको छ।

काभ्रेकी संक्रमित महिलाको काठमाडौँमा मृत्यु, वडा सिलको तयारी

काभ्रे :  काभ्रेका कोरोना संक्रमित एक महिलाको काठमाडौँमा मृत्यु भएको छ।  काभ्रेबाट थप उपचारका लागि काठमाडौँस्थित एक अस्पतालमा लगिएकोमा पनौती नगरपालिका–१० खोपासीकी कोराना संक्रमित महिलाको आज (बिहीबार) उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। योसँगै कोरोना महामारीको दोस्रो लहर भयावह बन्दै गएको अवस्थामा पछिल्लो २४ घण्टा नबित्दै जिल्लाका २ जनाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाक...

कोरोनाको हटस्पट बन्दै पर्सा, २४ घण्टाभित्रै ५ संक्रमितको मृत्यु

कृष्णउदास खनाल, वीरगन्ज । छिमेकी देश भारतसँग सीमा जोडिएको पर्सामा कोरोना कहरको हटस्पष्ट फेरि बन्दै गएको छ । गएको बर्ष यही समयमा हटस्पष्ट बनेको पर्सामा फेरि संक्रमण बढेको हो । पर्सामा २४ घण्टा नपुग्दै कोरोना संक्रमित ५ जना महिलाको मृत्यु भइसकेको छ। मंगलबार बिहान दुईजना सहित पछिल्लो २४ घण्टाभित्र त्यहाँ ५ जना महिलाले ज्यान गुमाएका […]