काठमाडौँ। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ। सम्झौतापत्रमा कम्पनीका सञ्चालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन्।
कम्पनीले हाल सेयर मिलान अनुपात (स्वाप रेसियो) तय गरेको छैन। कम्पनीले मर्जर सम्बन्धि सैद्धान्तिक सहमतिमा बीमा समितिबाट स्वीकृति पाएसँगै सम्पत्ति दायित्व मूल्यांकन (डिडिए) तयार गर्ने उल्लेख छ।