सुुरक्षित नागरिक आवास कार्यक्रमबाट दलित परिवार वञ्चित

सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन्। गत आर्थिक वर्षमा नगरपालिकाले सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो।...

सम्बन्धित सामग्री

सुुरक्षित नागरिक आवास कार्यक्रमबाट दलित परिवार वञ्चित

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुुरक्षित नागरिक अवासबाट वञ्चित भएका छन् ।       गत आर्थिक वर्षमा नगरपालिकाले सुुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरेको थियो । तर, वडा कार्यालयले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको बताइएको छ । वडा सदस्य ओमप्रकाश साहका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आव ०७७/७८ का लागि ३० दलित घर छनोट गरे पनि स्थानीय देवकान्त चौधरीको जग्गामा उक्त निर्माण थालिएका घर परेपछि निर्माण रोकिएको छ ।      चौधरीले वडा कार्यालयमा लिखित निवेदनसहित सो जग्गामा निर्माण कार्य नगर्नू÷नगराउनू भनेकाले आवास निर्माण अलपत्र परेको कञ्चनरुपका राजकुमार साहले जानकारी दिए । तीमध्ये १३ जनाको घर उक्त जग्गामा परेको जनाइएको छ । रासस

आठ करोडमा २ सय ५० विपन्नलाई घर

जुम्लाका आठै स्थानीय तहका २ सय ५० जना अतिविपन्न दलित परिवार जनता आवासका लागि छनोट हुँदा खुसी छन् । जग्गा भएका तर आर्थिक अभावले घर निर्माण गर्न नसकेका दलित विपन्नका लागि सरकारले ल्याएको जनता आवास कार्यक्रमबाट जुम्लामा यस वर्षमात्रै वास्तविक लक्षित वर्ग लाभान्वित भएको पूर्वाधार विकास कार्यालयको दाबी छ ।