प्रतिदिन ६५८ नयाँ रोजगारी आवश्यक

सरकारले प्रतिदिन ६ सय ५८ नयाँ रोजागारी सिर्जना गर्नुपर्ने विश्व बैंकको एक प्रतिवेदनले औंल्याएको छ । विश्व बैंकले नेपालको श्रम बजारमा प्रतिमहिना ३५ हजार जनशक्ति थपिने गरेको भन्दै सरकारले रोजगारी दिनको लागि वार्षिक २ लाख ४० हजार नयाँ रोजगारी सिर्जना हुनुपर्ने जनाएको छ । बैंकको प्रतिवेदनअनुसार नेपाल सरकारले प्रतिदिन ६ सय ५८ नयाँ रोजगारी सिर्जना गर्नुपर्ने चुनौती देखिन्छ ।