काठमाडौँ– आइतबार काठमाडौँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ले चलचित्रलाई साहित्य, कला र संगीतको समुच्च विधाको रुपमा व्याख्या गर्दै भने, ‘यो विधामा ललितकलाको पनि उपस्थिति रहेको हुन्छ। तर यसमा त्यति बहस भएको […]