वाग्मती प्रदेशभित्र लागूऔषध र यौनजन्य अपराधका घटना बढ्दो क्रममा रहेको देखिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार काठमाडौं, ललितपुर र भक्तपुरबाहेक प्रदेशको बाँकी जिल्लामा लागूऔषध प्रयोग, ओसारपसार र बिक्री वितरणको घटना वर्षेनि बढ्दो अवस्थामा देखिएको छ ।