बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। भदौ १४ गते (आज) सम्म आवेदन दिन सकिने व्यवस्था रहेको सो आईपीओमा यस दिन सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको हो। सो शेयरमा अब भदौ १५ गते अर्थात भोलीसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजन...