गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।
प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको बिहीवार निरीक्षणपछि उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए ।
कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य ...