नारायणी अस्पतालमा सिटी स्क्यान सेवा सुरु

वीरगन्जको नारायणी अस्पतालमा विगत दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकमबाट अस्पतालले नयाँ मेसिन नै जडान गरेपछि सेवा पुनः सञ्चालनमा आएको हो।