जलेश्वर– महोत्तरी जिल्लामा कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला सङ्क्रमण दरमा अत्यधिक वृद्धि हुनुका साथै आठ व्यक्तिको मृत्युसमेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुनेगरी वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेअनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अध