राज्यमन्त्री घटना छानबिन गर्न समिति बनेको जानकारी दिएपछि सदन सुरु

लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । आगामी वर्षको बजेट ल्याउन सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको हर्कतबारे आधिकारिक धारणा माग गर्दै अवरोध गरेको थियो । यसपछि सभामुख पूर्णबहादुर घर्तीले २५ मिनेटका लागि सदन स्थगित गरेका थिए ।