थप कडाइ गर्दै डडेल्धुरामा निषेधाज्ञा १० दिन लम्ब्याइयो

डडेल्धुरा : कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले १० दिन निषेधाज्ञा थपेको छ।शुक्रबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।पहिले शनिबारसम्म निषेधाज्ञा गरेको थियो। विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि निषेधाज्ञालाई थप कडाइ गर्दै २५ देखि जेठ ४ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जान

सम्बन्धित सामग्री

आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा, काठमाण्डौमा थप कडाइ

काठमाण्डौ - आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ ।  उदयपुर, गुल्मी, झापा, डडेल्धुरा, रुकुम  पश्चिम, जाजरकोट र सल्यानमा पूर्ण निषेधाज्ञा लागू भएको छ । सल्यान, रुकुम पश्चिम र डडेल्धुरामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।  यस्तै, गुल्मी र जाजरकोटमा गएरातिदेखि पूर्ण निषेधाज्ञा लागेको गृह मन्त्रालयले जनाएको छ । झापामा भने भरे राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा लागू हुनेछ । बाजुराको हिमाली गाउँपालिकामा बिहान ५ बजेदेखि आंशिक निषेधाज्ञा लागू भएको छ । यसैगरी दार्जुलाको महाक...