एमाले महाधिवेशनको उद्घाटन सत्रमा एक लाख जनता सहभागी गराउन यस्तो छ तयारी

नेकपा (एमाले) चितवन शाखाले पार्टीको१०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो । जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गरिएको छ । उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाभित्रबाट ४० हजार, रत्ननगर नगरपालिकाबाट १६ हजार, खैरहनी र राप्ती नगरपालिक

सम्बन्धित सामग्री

एमाले महाधिवेशनमा प्रदेश २ बाट एक लाख जनसहभागिता जुटाउने तयारी

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा प्रदेश २ बाट मात्र एक लाख जनसहभागिता जुटाउने तयारी भइरहेको छ । पूर्वमन्त्री एवम् जनपरिचालन कमिटीका सह–संयोजक प्रभु साहको सक्रियतामा प्रदेश २ बाट एक लाखको हाराहारीमा कार्यकर्तालाई महाधिवेशन स्थल लैजाने तयारी भएको हो ।एमाले नेता साहले मंगलबार रौतहटका सबै स्थानीय तहका नेता कार्यकर्ताको भेला आयोजना गरी चितवनमा हुने दशौं महाधिवेशनमा रौतहटबाट अधिकतम संख्यामा सहभागी गराउन निर्देशन दिएका छन् । गरुडास्थित तुल्सीलाल अमात्य स्मृति भवनमा आयोजित भे

बादलको जबज व्याख्याः ‘क्रान्तिपछि त्यसलाई पथ प्रदर्शन गर्ने सही विचार नै यही हो’

नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।  एमालेको पहिलो विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले भने, ‘जबज जनवादी र समाजवादमा संक्रमण गर्ने कार्यक्रम थियो । यो अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’ विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको बारेमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै थापाले जबज जनवादी क्रान्तिलाई पथप्रदर्शन गर्ने विचार श्रृङ्ख...