काठमाडौं : जापान पठाइदिने भनेर ४६ लाख रुपैयाँ ठगेर बेपत्ता भएका मेनपावर सञ्चालक पक्राउ परेका छन्। काठमाडौं धुम्बाराहीस्थित जेन्युन प्यालेसमेन्ट प्रा लि मेनपावरका सञ्चालक मोरङ लेटाङका ५० वर्षीय डिल्लीराम खतिवडा पक्राउ परेका हुन्।उनले १२ जनालाई ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनका अनुसार खतिवडाले रोजगारीका लागि जापान जान प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र जापान पुगेपछि प्रतिष्ठित कन्स्ट्रक्सनको काममा लगाइदिने प्रलोभनमा