१२ वर्षकी बालिका जसले स्कटल्याण्डको टी २० विश्वकपको जर्सी डिजाइन गरिन्

 तपाईं १२ वर्षमा के गर्दै हुनुहुन्थ्यो ? सायद तपाईं संसारलाई बुझ्ने प्रक्रियामा नै हुनुहन्थ्यो होला र तपाईंले अझै धेरै कुरा थाहा पाउन बाँकी नै थियो होला । तर रेबेका डाउनीले १२ वर्षको उमेरमा के गरिन् होला ? एकछिन अनुमान गरौं न । उनले टी२० विश्व कपका लागि एक अन्तरराष्ट्रिय समूहका लागि जर्सी डिजाइन गरिन् ।यो कुनै ठट्टा होइन । टी २० विश्वकपका लागि स्कटल्याण्डको नयाँ जर्सी १२ वर्षे बालिकाले डिजाइन गरेकी हुन् । र यो निकै अद्भूत छ । यो समूहले देशभरीका स्कूले बालबालिकाबाट आएका दुई सय बढी डिजाइनबाट