तालमेल गर्दा ‘स्थानीय सहमति’ लाई जोड दिने

सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेल गर्दा स्थानीय सहमतिलाई जोड दिने निष्कर्ष निकालेको छ । आइतबार बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको समितिले चुनावी तालमेल गर्दा स्थानीय तहमा पाँच दलबीच हुने सहमतिलाई प्राथमिकता दिने निचोड निकालेको हो ।