अर्को वर्षदेखि रासायनिक मलको समस्या हुँदैन : कृषिमन्त्री

कृषि तथा पशुपक्षी मन्त्री महेन्द्र राय यादवले आगामी बर्षदेखि नेपालमा मलखादको समस्या नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कोभिड १९ तथा युक्रेन रुस युद्धका कारण मल उत्पादनमा कमी भएकाले समस्या भएको बताए । उनले अर्को बर्षदेखि भारतले पर्याप्त मल दिने प्रतिबद्धता जनाएकाले समस्या नहुने बताए । असार १५ गतेसम्म साल्ट ट्रेडिङ कर्पोरेसनबाट टेन्डर भएको डिएपी र युरिया मल आउँने र ५२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको जान