महोत्तरीमा जसपा–कांग्रेसबीच तालमेलको सम्भावना

महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ । जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन् । महोत्तरीमा कुनै दलको एकल बहुमत पुग्ने अवस्था छैन । जिल्लामा १५ वटा पालिका प्रमुख र उपप्रमुखसहित ३० जना मतदाता छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षबाहेकका