काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन विपरित नेपाली सेनाले ठेक्का प्रक्रिया अगाडि बढाएको छ । आईतबार सेनाले तराइ मधेस द्रुतमार्गको सुरुङमार्ग र पुलका लागि गरिएका दुईवटै टेन्डरको आशयपत्र जारी गरेको छ । पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्टिङ इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेज अन्तर्गत पोलि च्याङ्दा इन्जिनियरिङ कर्पाेरेसन छनोट भएको हो । चाइना स्टेट कन्स्ट्रक्टिङले १५ करोड ६१ लाख ४२ हजार ५ सय डलर (बैशाख १२ को विनिमयदर अनुसार १८ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबर) को