श्रीलंकाका कार्यवाहक राष्ट्रपतिले तत्काल खाना, इन्धन राहत कार्यक्रम लागू गर्ने

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।जुलाई १६ गते मन्त्री तथा सांसदहरुसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन् । यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो ।कार्यवाहक राष्ट्रपतिले खाद्य सुरक्षा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिन सुझाव दिएका छन् । त्यस्तै, इन्धन र मल नियमित र छिटो