स्क्रबटाइफसका कारण धुलिखेल अस्पतालमा डेड महिनामा ८ बालबालिकाको ज्यान गएको छ । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाले ज्यान गुमाएका हुन् । निधन हुनेमध्ये ६ बालिका र २ बालक छन् । अधिकांश १४ वर्ष उमेर समूहभन्दा कमका छन् ।
‘स्क्रबटाइफसका कारण बालबालिका संक्रमण हुने र मर्ने क्रम अत्यधिक भएको छ’, धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. सिर्जना डंगोलले भनिन्– ‘संक्रमण भई अस्पतालमा आएकामध्ये ४० प्रतिशत बालबालिक मृत्युको मुखमा पुगेका छन् ।’ नेपाल समाचारपत्रमा खबर छ ।...