कालिकोट : निर्माण शुरू गरेको १० वर्षसम्म अलपत्र परेको कालिकोट-खुलालु सडकखण्डमा पक्की पुल निर्माणले गति लिएको छ। कर्णालीकै गौरवको आयोजना भनिएको यो पुल निर्माण जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रालि र सडक डिभिजन कार्यालय जुम्लाको चरम लापरबाहीले अलपत्र पारेका थिए। यो पूल बनेपछि कालीकोट-खुलालु सडकखण्ड कर्णाली करिडोरमा जोडिनेछ।०६७ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र ०७१ सालमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधि पुलको शिलान्यास गरेका थि