नेप्सेमा सामान्य गिरावट, ६९ करोड ८८ लाखको मात्र कारोबार

शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा करिब दुई अंकले नेप्से घटेको छ । नेपाल स्टक एक्स चेन्जका अनुसार यसदिन नेप्से सूचक १.६७ अंकले घट्दै १९७०.६२ अंकमा ओर्लिएको हो । यस्तै आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.७४ अंकले घटेर ३८३.२० अंकमा झरको छ । २ घण्टा खुलेको बजारमा आज ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता सेयर कारोबार भएको छ । आज हाइड्रोपार, माइक्रोफाइनान्स र अन्य समूहगरी तीनवटा उपसूचक सामान्य वृद्धि भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएक

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य गिरावट: शिवम् सिमेन्ट र एनआईसी एसिया बैंकको कारोबार उच्च

बिहिबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । आज नेप्से सूचक ५.८७ अंकले घटेर २०४४.७२ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२५ कम्पनीका ३९ लाख ८ हजार ३ सय ९५ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५ सय ८६ रुपैयाँ ५० पैसा बराबरको शेयर कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै १७ करोड ८० लाखको कारोबार भएको छ भने एनआईसी एसिया बैंकको ११ करोड २२ लाख कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ६ करोड २ लाखको कारोबार भएको छ ।आज कारोबारमा आएका मध्ये सेन्ट्रल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ३.१६ प्रतिसतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य २.७४ प्रतिशतले बढेको छ ।आज आईसीएफसी फाइनान्सको ऋणपत्रको शेयर मूल्य सर्वाधिक ६.७१ प्रतिशतले घटेको छ भने किसान लघुवित्तको शेयर मूल्य ५.३५ प्रतिशतले तथा साधना लघुवित्तको शेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका मध्ये अन्य र बैंकिंग बाहेकका सबै समुहगत सूचक घटेका छन् । ट्रेडिङ समुहको सूचक सर्बाधिक १.५८ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स समुहको सूचक १.५२ प्रतिशतले घटेको छ । त्यस्तै लगानी समुहको सूचक १.०७ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका मध्ये १२६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४७ कम्पनीको शेयर मूल्य बढेको छ ।