पर्वत : कास्कीको पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको लागि ५० लाख रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ।महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गरेका हुन्। ‘जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठूलो जनधनको क्षति पुगेको छ’, नगर प्रमुख आचार्यले भने, ‘यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन। यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ। यस घडीमा पोखर