बन्दी आत्महत्या प्रकरण : घटनाबारे छानविन गर्न कार्यदल गठन

रोल्पाका बन्दी सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको घटनाबारे छानविन गर्न एक कार्यदल गठन भएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद  चापागाईँको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो ।समितिलाई सो घटनाको स्थलगत अध्ययन र छानविन गरी  १० दिनभित्र कारागार व्यवस्थापन विभागमा प्रतिवेदन पेश गर्न भनिएको गृहमन्त्रालयले जानकारी दिएको छ । उक्त समितिको  प्रतिवेदन प्राप्त भएपश्चात घटनाको सत्यतथ्य उजागर हुने विश्वास समेत मन्त्रालयले गरेको छ । ग