२०औं हस्तकला ब्यापार मेलाः उत्कृष्ट शिसाजन्य हस्तकला निर्यातकर्ता पाण्डे सम्मानित

काठमाडौं, २९ मंसिर । क्रियशन क्राफ्टका सञ्चालक अशोकराज पाण्डे उत्कृष्ट शिसाजन्य हस्तकला निर्यातकर्ता बनेका छन् । १२औं हस्तकला दिवसका अवसरमा नेपाल हस्तकला महासंघद्वारा आयोजित २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताको अवसरमा पाण्डेलाई उत्कृष्ट शिसाजन्य हस्तकला निर्यातकर्ताको सम्मान प्रदान गरिएको हो । उक्त समारोहको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली परम्परागत सीप र […]

सम्बन्धित सामग्री

ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा संलग्न काठमाडौं उपत्यका भित्र र बाहिरी जिल्लाका १० जना कलाकारलाई सम्मान गरिएको हो । महासंघले ७० वर्ष नाघेका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई राष्ट्रव्यापी सम्मान गर्न आयोजित कार्यक्रममा […]

उद्यमशीलताका लागि ब्राण्डिङ

न्यू बिजनेश एज प्रालिले महिला उद्यमशीलता प्रवर्द्धनका लागि  ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्ड–२०२२’ सम्पन्न गर्‍यो । यसमा १४ जना महिला उद्यमीलाई सम्मानित गरियो भने महिला उद्यमशीलताका बारेमा अन्तरक्रियाका कार्यक्रमहरू पनि आयोजना गरिए । महिला उद्यमशीलताका अवरोधकका रूपमा पूँजी र शीपको अभावलाई प्रमुख रूपमा औँल्याइँदै आए पनि ब्राण्डिङ गर्न नसक्नु त्योभन्दा पनि चर्को समस्या भएको निष्कर्ष अन्तरक्रियाबाट निस्किएको छ । त्यसैले यसका लागि विशेष अभियान चलाउनु आवश्यक छ । जसले ब्राण्डिङ गरे तिनले राम्रो बजार पाइरहेका छन् । त्यसैले ब्राण्डिङ स्थापना गर्न तथा त्यसलाई बलियो बनाउन महिला उद्यमीहरूलाई सहजीकरण गरिदिनु अनिवार्य देखिएको छ । वित्तीय साक्षरताका लागि नेपाल राष्ट्र बैंक र अन्य केही गैरसरकारी संस्थाहरूले थुप्रै काम गरिसकेका छन् । तैपनि वित्तीय साक्षरताको अभावमा कर्जा लिनका लागि आवश्यक कागजात समेत तयार पार्न नसक्दा महिला उद्यमीहरू मर्कामा नपरेका होइनन् । त्यस्तै, आवश्यक शीपको अभावमा पनि महिलाहरू उद्यमशीलतातर्फ लाग्न नसकेको देखिएको छ । तर, शीप भएर पनि तथा गुणस्तरीय उत्पादन गरेर पनि महिलाहरूले आफ्नो उद्यमलाई उचाइमा पुर्‍याउन नसकेको पाइन्छ । जसले ब्राण्डिङ गरे तिनले राम्रो बजार पाइरहेका छन् । त्यसैले ब्राण्डिङ स्थापना गर्न तथा त्यसलाई बलियो बनाउन महिला उद्यमीहरूलाई सहजीकरण गरिदिनु अनिवार्य देखिएको छ । अचारका उत्पादनहरूलाई ब्राण्डिङ गर्न सकेका महिला उद्यमीहरूले आफ्नो उत्पादन मुलुकभित्र मात्र होइन विदेशमा समेत राम्रोसँग विक्री गरिरहेका छन् । यो एउटा उदाहरण हो । त्यसो त पछिल्लो समय नेपालमा केही ब्राण्डहरू राम्रोसँग स्थापित भएका पनि पाइन्छन् । यसबाट पाठ सिकेर पनि ब्राण्डिङमा जोड दिनु आवश्यक छ । ब्राण्डिङका लागि सहयोग गर्न नेपालमा विभिन्न संस्थाहरू स्थापित भइसकेका छन् । त्यसो हुँदा महिला उद्यमीहरूलाई ब्राण्डिङको प्रक्रियामा जान प्रोत्साहित गर्नुपर्छ । ब्राण्डिङ गर्दा हुने फाइदाबारे सचेत पार्नुपर्ने आवश्यकता पनि छ । भौगोलिक संकेत, हस्तकला, कृषि प्रशोधनका लघु उद्योगहरूलाई ब्राण्डिङ गर्न सकिन्छ । यसका लागि सामूहिक ब्राण्डिङ उपयुक्त विकल्प हुन सक्छ । चिया तथा पश्मिना जस्ता केही उत्पादन सामूहिक ब्राण्डका आधारमा निर्यात गर्ने गरिएको छ । उत्पादित सामानको गुणस्तरको सुनिश्चितता ब्राण्डबाट हुन्छ । उत्पादित सामानको विक्रीका लागि बजार आवश्यक हुन्छ । बजार सृजना गर्न ब्राण्डले सहयोग गर्छ । तर, साना उद्योगहरूले ठूलो ब्राण्ड बनाउन सक्दैनन् । यस्तोमा सामूहिक ब्राण्ड एउटा उत्तम विकल्प मानिएको हो । यस्तो ब्राण्डले उत्पादित वस्तुको स्तरीयता र बजार पहुँचमा रहेको समस्याबाट मुक्ति दिलाउँछ । त्यसो त व्यक्तिगत ब्राण्ड बनाउन नसकिने पनि होइन । तर, सामूहिक ब्राण्डका लागि कम लागत पर्ने भएकाले यो बढी उपयोगी देखिएको हो । सरकारले पनि यस्तो ब्राण्ड बनाउने काममा महिला उद्यमीहरूलाई विशेष सहयोग गर्नुपर्छ । वित्तीय साक्षरताका कार्यक्रम जति चलाए पनि र वित्तीय पहुँच जति नै बढेको  दाबी गरे पनि धेरैजसो महिलाहरू बैंकमा गएर कर्जा लिन सक्ने अवस्थामा छैनन् । कर्जाका लागि बैंकमा चाहिने कागजात तयार पार्न नसक्दा कर्जा पाउनबाट वञ्चित भएको समेत पाइन्छ । त्यसैले बीमा कम्पनीको विस्तारका लागि अभिकर्ताहरूले काम गरेजस्तै बैंक र वित्तीय कुरालाई व्यावहारिक रूपमै बुझाउन अभिकर्ता राख्नुपर्ने आवाज समेत उठेको छ । अतः ब्राण्डका लागि जसरी व्यवसायीको चासो र उत्साह चाहिन्छ त्यसरी नै सरकारले पनि सहयोग गर्न सक्नुपर्छ । गाउँगाउँमा विभिन्न शीप जानेका थुप्रै महिला उद्यमी भए पनि उनीहरूको शीप स्थापित हुन नसक्दा उपयोगविहीन बनेको छ । त्यसैले, यस्ता शीपको ब्राण्डिङ गर्दा हुने लाभको बारेमा जानकारी दिन आवश्यक छ । ब्राण्डिङ गर्दा हुने आर्थिक लाभबारे जानकारी दिनसक्ने हो भने उद्यमशीलता विकास हुने सम्भावना निकै छ । त्यसैले आफ्ना उत्पादनलाई ब्राण्ड बनाउन सरोकारवालाहरू सबै एकजुट हुन आवश्यक  छ ।

हस्तकलाका १० ज्येष्ठ कालिगढ एवं कलाकारहरु सम्मानित (तस्बिरहरु)

काठमाडौँ – नेपाल हस्तकला महासंघले काठमाडौँ उपत्यकाका ७० वर्षमाथिका १० जना कालिगढ एवं कलाकारहरुलाई सम्मान गरेको छ। राजधानीमा जारी १८ औँ हस्तकला व्यापार मेलाको अवसरमा महासंघले ललितपुरका ४ र काठमाडौँ तथा भक्तपुरका ३–३ जना गरी १० जना ज्येष्ठ हस्तकलाका कालिगढ एवं कलाकारहरुलाई सम्मान गरेको हो। यसरी सम्मानित हुने ललितपुरका ज्येष्ठ कालिगढहरुमा चाँदी तथा वस्तु जडाउतर्फ […]