कुनैबेला ३३ दलीय मोर्चाविरुद्द सडकमा उत्रिने महासंघ अहिले ‘विज्ञप्ति’मा सिमित किन ?

नेपाल उद्योग वाणिज्य महासंघलाई साना, मझौला व्यवसायीको गुनासो नसुनेको आरोप लाग्दै आएको छ । चुनावको समयमा पनि विशेषगरी जिल्ला नगरका सदस्यहरुले महासंघका नेताहरुले फोनसम्म पनि नउठाउने गुनासो बाक्लै गरेका हुन् । हुन पनि, देशमा उद्योग व्यवसायको वातावरण सिर्जना गर्न नीतिगत बहस पैरवी गर्नुपर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन अहिले ‘विज्ञप्ति’मा सिमित छ ।महासंघमा ठूला व्यवसायी र कर्पोरेट हाउसहरुको वर्चश्व रहेकाले साना व्यवसायीका गुनासा र अफ्टयाराहरु महासंघको मुद्दा बन्न नसकेको जिल्ला नगरका व्यवसायीहरु बताउँछन् । संस्थागत रुपमा भन्दा व्यक्तिगत र आफ्नो स्वार्थ अनुकुल ‘राज्यसँग डिल’ गर्ने प्रवृत्ति महासंघभित्र मौलाएका कारण महासंघले क्रमशः आफ्नो प्रतिष्ठा गुमाउँदै गएको एक पूर्व पदाधिकारी बताउँछन् ।कुनैबेला यस्तो थियो महासंघमहासंघले कुनै समय ३३ दलको बन्द र आम हड्तालको विरोधमा शान्ति ¥याली निकालेको थियो । यातायात व्यवसायी र उद्योगी व्यवसायीले निर्वाध रुपमा आफ्नो व्यवसाय चलाउन पाउनुपर्ने माग राख्दै महासंघ बन्दको विरोधमा सडकमा उत्रिएको थियो । सुरज वैद्य महासंघको अध्यक्ष हुँदा खुल्ला मञ्चमा बन्दको विरोधमा कोणसभामा नै गरेको थियो । २०७० सालको निर्वाचनताका ३३ दलले गरेको हप्तादिनको बन्दको विरोधमा महासंघले शान्ती संवाद तथा समन्वय समितिमार्फत गरेको शान्ति ¥यालीमा राजनीतिक दलका कार्यक्रममा उपस्थित हुने कार्यकर्ता भन्दा बढी व्यवसायीहरु सडकमा उतारेको थियो ।यसले बन्दमा उत्रिएको तत्कालिन ३३ दलीय मोर्चालाई ठूलो दबाब सिर्जना गरेको थियो ।कहाँबाट बिग्रियो महासंघ ?महासंघको नेतृत्वमा पुगेकाहरु व्यक्तिगत रुपमा सरकारसँग ‘बार्गेनिङ’मा लागेका कारण अरु संगठनहरु (नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ) क्रमशः हाबी हुँदै गएको बुझाई कतिपयको छ । कुनै समय बन्द र हड्ताल विरुद्द सडकमै उर्लिएर प्रतिवाद गर्ने सामथ्र्य राख्ने महासंघ अहिले उद्योगी र व्यवसायीहरु समस्यामा पर्दा केवल विज्ञप्ति निकालेर झारा टार्ने अवस्थाबाट गुज्रिएको छ ।राज्यबाट पाउने छुट सुविधा लिन होस् वा कुनै फाइदाजनक व्यवसायको इजाजत लिन होस्, अहिले कसले कति ‘पावर’ देखाउन सक्छ उसैले पाउने वातावरण बन्नुमा महासंघको नेतृत्व दोषी रहेको महासंघकै सदस्यहरु बताउँछन् ।‘महासंघको नेतृत्व नै व्यक्तिगत डिल गर्न लागेपछि त्यो संस्थाको गरिमा कस्तो होला ?’ पछिल्लो समय रि–इन्स्योरेन्सको लाइसेन्स हत्याएका ठूला व्यवसायीतर्फ संकेत गर्दै ती सदस्यले भने, ‘अहिलेको भन्दा २ कार्यकाल अगाडीको नेतृत्वबाट महासंघले आफ्नो साख कमजोर बनाउँदै लग्यो । अहिलेको नेतृत्व (अध्यक्ष शेखर गोल्छा) ले पनि त्यस्तै गरिरह्यो । महासंघको पावरलाई देखाएर पर्सनल डिलिङ गर्न थालेपछि संस्था कसरी दह्रो हुन्छ ?’ती सदस्यले चण्डीराज ढकाल र पशुपति मुरारकातर्फ संकेत गर्दै उनीहरुकै पालादेखि महासंघ क्रमशः कमजोर बन्दै गएको र अरु संगठनहरुले प्रतिस्पर्धी संगठनका रुपमा मौलाउने अवसर पाएको दाबी गरेका छन् ।कसैले नसुन्ने विज्ञप्ति‘महासंघको आज मिटिङ छ है भन्ने थाहा पाएपछि दर्जनौँ मिडियाहरु मिटिङमा के भयो भनेर समाचार सम्प्रेषण गर्न महासंघको भवन अगाडी क्यामेरा बोकेर कुरेर बसेका हुन्थे’ वर्तमान कार्यसमितका एक सदस्य भन्छन्, ‘तर, अहिले एक जना पत्रकार त्यहाँ देखिँदैनन् । आफैँले हामीले यो यो कुरा गर्यौँ भनेर लेखेर पठाउनु परेको छ ।’बतास समूहमाथि (पर्यटनमन्त्री प्रेम आलेमार्फत) अन्याय हुँदा महासंघ एउटा विज्ञप्तिमा सिमित रहेको तर त्यो कसैले नसुनेको भन्दै ती सदस्य भन्छन्, ‘राष्ट्रिय उद्योगपतिहरुको संरक्षण गर्ने मामिलामा पनि महासंघ चुकेको छ, जब आफूलाई अन्याय पर्दा आफू आवद्ध संस्था÷संगठन फ्रन्ट लाइनमा उभिएर त्यसको प्रतिवाद गर्दैन भने किन सदस्य बन्ने ? उद्योगी व्यवसायीहरुले यो कुरा सोच्न थालिसके ।’४४ वर्ष पूरानो होटल याक एण्ड यती बन्द गराउने निर्णयको विरोधमा महासंघ अहिलेसम्म ‘एक्सन’मा उत्रिन नसक्नुले महासंघ कमजोर सावित भईसकेको महासंघकै निवर्तमान पदाधिकारी बताउँछन् ।

सम्बन्धित सामग्री

भातको चाख छैन अहिले भातखानेडाँडामा

–डम्मर बुढामगर/ करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन् । यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन् । खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन् । […]

पहिले सहकर्मी, अहिले मुख्य प्रतिस्पर्धी

२०७४ सालको निर्वाचनमा कपिलवस्तु १ मा तत्कालीन नेकपाबाट चक्रपाणि खनाल (बलदेव) उठेका थिए। उनका सहकर्मी र पार्टीको साझेदारका रूपमा बलराम अधिकारीले सघाएका थिए। तर अहिले पहिले ती सहकर्मीका रूपमा रहेका तिनैजना कपिलस्तु १ मा मुख्य प्रतिस्पर्धी छन्।...

पहिले सहयात्री, अहिले प्रतिस्पर्धी

अघिल्लो चुनावमा भन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी/सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो।...

बजार अहिले ‘प्रदर्शनीमा’ छ

बजार अहिले ‘प्रदर्शनीमा’ छ चनाखो आँखाहरूको भीडले नियालिरहेछन् बजारको प्रदर्शनी। मानिसहरूसँग चाहिएका सामानहरूको लामै सूची छ। फरक-फरक आँखाहरूको दृष्टिकोण फरक छन्।...

यस्तो देश जहाँ अहिले सन् २०१४ चलिरहेको छ !

अंग्रेजी क्यालेन्डर अनुसार सन् २०२२ सुरु भैसकेको छ । तर संसारमा एउटा यस्तो देश छ जहाँ अहिले सन् २०१४ चलिरहेको छ । हो, अफ्रिकी मुलुक इथियोपियामा अहिले २०१४ साल चलिरहेको छ । सेप्टेम्बर ११ मा नयाँ वर्ष सुरु हुने इथियोपियाको क्यालेन्डर अंग्रेजी क्यालेन्डर भन्दा करीब पौने ८ वर्ष पछाडि छ । इथियोपिया संसारका अन्य देशहरुसँग […]

अहिले लेखक बालबालिका बन्न थालेका छन्

अहिले लेखक बालबालिका बन्न थालेका छन्। अहिले लेखकमा आफ्नो परम्परा चिनाउने गुणको विकास भएको छ। अहिले आफ्नो धर्म, संस्कृति, परिवेश र लयलाई महत्व दिन थालेका छन्।...

जबज अहिले पनि सान्दर्भिक

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ ।बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताए ।उनले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरू लागू हुनुपर्ने बताउनुभयो । […]

अहिले ठूलो समस्या छैन, पुसमा फेरि देखिन सक्छ

अहिले तरलता समस्या छ, तर ऋण दिनै नसक्ने स्थिति छैन । अहिले हिसाब गर्ने हो भने बैंकहरुसँग ४२ खर्ब जति निक्षेप छ, एक सय अर्बजति बण्ड (ऋणपत्र) छ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा (रिफाइनान्स) वापत दिने प्रतिवद्धता गरेको करिब एक सय अर्ब पनि छ । सबै जोड्दा बैंकिङ प्रणालीमा ४४ खर्ब रुपैयाँ रहेको देखिन्छ । […]

घाँडो भयो अहिले

इज्जत पनि गल्दै गइ फाँडो भयो अहिले छाति भित्र पसि घोच्ने काँडो भयो अहिले।। उतिखेर भाँडो थियो भात पकाए त्यस्मा फुटि फुटि चोइटिएर ठाँडो भयो अहिले।। टाटे पाङ्ग्रे जोसुकैको गुण गाउने चलन गाथाको भाका हाल्दा खाँडो भयो अहिले।। सान मान खुबै थियो सलाम ठोक्थे सबले पद मान तर्साइ खाने भाँडो भयो अहिले।। समथर ठान्दै दौडिए […]

अहिले स्वास्थ्य संकटकालको जरुरी छैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले स्वास्थ्य संकटकाल जरुरी नभएको बताएका छन् । सबैलाई अहिले नै भ्याक्सिन आवश्यकता भए पनि सरकार अक्सिजन र भ्याक्सिन खरिदमा धेरै कमिसन खानेमा केन्द्रित हुँदा समस्या आएको...