सन्दिप लामिछानेलाई जमैका तलवाजले हटायो, तत्काल जमैका छाड्नुपर्ने सम्भावना

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ । सन्दिपविरुद्ध नेपालमा पक्राउ पूर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो । क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले बिहिबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सीजनको सिपिएलका कुनै पनि खेलमा सहभागी नहुने स्पष्ट पारेको छ […]