काठमाडौं, १० असार । आज देशको मध्य क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बाढी र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । मनसुनी वायुको न्यूनचापीय रेखा देशको दक्षिणी भूभाग नजिकै रहेकाले विहीबार वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने तथा […]