काठमाडौँ । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची सङ्घीय संसद् सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् । शर्माको सचिवालयका एक सदस्यले भने, ‘मन्त्रीज्यू बिरामी भएकाले निवासमै रेस्ट गरिरहनु भएको छ, उहाँ संसद् बैठकमा जानु भएको छैन ।’