तनहुँ - केही दिनदेखि परेको वर्षासँगै आएको पहिरोले शुक्लागण्डकी नगरपालिका–८ मिलीजुली टोलमा एक घरमा क्षति पुगेको छ भने अन्य सात घर जोखिममा परेका छन् । पहिरोले यस टोलका चित्रमाया बानियाँको घर पहिरोले पुरिएर पूर्ण क्षति भएको छ ।
वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार बानियाँको परिवारलाई आफन्तको घरमा स्थानान्तरण गरिएको छ। त्यही ठाउँका इमबहादुर बानियाँ, टुकबहादुर श्रेष्ठ, शिवकुमारी श्रेष्ठ, शान्ति थापा, दिलबहादुर खत्री र कविता भट्टराईको घर जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो।
पहि...