सक्षम र श्रुयति भए सर्वोत्कृष्ट

ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा भएको १६ वडाब्यापी गायन प्रतियोगिता स्वनिम्हका सक्षम शर्माले जितेका छन् भने नृत्य प्रतियोगिता न्याधलकी श्रुयति शाक्यले जित हासिल गरिन् । ललितपुर महानगरपालिका १६ वडाब्यापी गायन तथा नृत्य प्रतियोगितामा गायनतर्फ द्वितीय स्थान महापालकी राधिका श्रेष्ठ तथा तृतीय स्थान जोमबहालकी यजु शिल्पकारले जितिन् भने नृत्यतर्फ तःजाःफःकी विशाखा शाक्यले द्वितीय तथा […]

सम्बन्धित सामग्री

गायनमा सक्षम र नृत्यमा श्रुयति भइन् सर्वोत्कृष्ट

काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा भएको १६ वडा ब्यापिं गायन प्रतियोगिता स्वनिम्हका सक्षम शर्माले जितेका छन् भने नृत्य प्रतियोगिता न्याधलकी श्रुयति शाक्यले जित हासिल गरिन् । ललितपुर महानगरपालिका १६ वडा ब्यापि गायन तथा नृत्य प्रतियोगितामा गायनतर्फ द्वितीय स्थान महापालकी राधिका श्रेष्ठ तथा तृतीय स्थान जोमबहालकी यजु शिल्पकारले जितिन् भने नृत्यतर्फ तःजाःफःकी […]

कञ्चनरूपमा व्यवस्थित बनाइँदै घरबास

सप्तरी । सप्तरीको पहिलो र प्रदेश २ को दोस्रो घरबास (होमस्टे) रहेको कञ्चनरूप नगरपालिकामा पर्यटन क्षेत्र उकास्न विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । सोहीअनुसार स्थानीयलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पुर्‍याउने उद्देश्यले चार दिने तालिम सम्पन्न भएको छ । पर्यटन मन्त्रालयको तारागाउँ विकास समिति काठमाडौंद्वारा दिइएको तालिममा ३५ जनाको सहभागिता थियो ।      होमस्टेका लागि अपनाउनुपर्ने मापदण्ड, पाहुनालाई स्वागत गर्ने तरिका, स्थानीय उत्पादित वस्तुका परिकार, अर्गानिक खाना, बासको व्यवस्था, नेपाली र थारु संस्कृति, आधुनिक परिकारबारे तालिम दिइएको प्रमुख प्रशिक्षक लीलाप्रसाद तिमिल्सिनाले बताए । उक्त अवसरमा टंकप्रसाद चापागाईं, मनोज बस्नेत, रामप्रसाद कँडेलले छुट्टाछुट्टै विषयमा तालिम दिएका थिए ।       कञ्चनरूप नगरपालिका–६ जमुवामा पर्यटकका लागि आठ वटा होमस्टे सञ्चालनमा छ । यहाँ आउनेका लागि ०७५ वैशाखदेखि खाना र बासको व्यवस्था रहेको छ । जैविक विविधतासँगै पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको स्वाद चाख्न होमस्टे आउने पर्यटकलाई कसरी स्वागत तथा सत्कार गर्ने, उनीहरूलाई कस्ता परिकार खुवाउने र होमस्टेको सरसफाइ कसरी गर्नेलगायत विषयको तालिम पाएर होमस्टेले प्रदान गर्ने सेवा थप प्रभावकारी बन्ने पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले विश्वास व्यक्त गरे ।      तालिम समापन अवसरमा प्रमाणपत्र वितरण गर्दै कञ्चनरूप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले पर्यटनको अभिन्न अंग मानिने होमस्टेको माध्यमबाट प्राकृतिक र सांस्कृतिक रूपले सम्पन्न जमुवामा ढलानको सडक निर्माण गर्ने प्रतिबद्धता जनाए । ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई पर्यटन व्यवसायमा सहभागी गराई जीवनस्तरमा  सुधार ल्याउन नगरपालिकाले बजेट विनियोजन गर्ने उनको भनाइ छ ।       ग्रामीण पर्यटनमा रमाउने पर्यटकलाई सुलभ, सरल र सहज वातावरणमा स्थानीय परिकार, कला, संस्कृति र रीतिरिवाज पस्किँदै इतिहासबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने नगरप्रमुख मिश्रले बताए ।      आत्मनिर्भर बनाई स्वदेशमै आयआर्जन गर्न र सक्षम बनाउन तालिमले ठूलो सहयोग पुगेको प्रशिक्षार्थीद्वय महेन्द्र चौधरी र हीराकुमार बिसीले बताए । तालिममा सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्दै होमस्टेलाई नमुना बनाउने दृढता व्यक्त गरे ।      थारु सामुदायिक होमस्टे एवं थारु संग्र्रहालय स्थापना, निर्माण र विकासमा योगदान पुर्‍याएको भन्दै कोशीटप्पु वन्यजन्तु आरक्षका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झा, आइडिएस नेपालका टिमलिडर छोटेलाल चौधरी, जैविक विविधता संरक्षणविज्ञ नन्दलाल माझी र पत्रकार मनोहर पोखरेललाई कार्यक्रममा सम्मानित गरियो ।      होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी जिल्लाभरि सर्वोत्कृष्ट नगरपालिका घोषित भएकामा नगरप्रमुख मिश्र र प्रमुख प्रशासकीय अधिकत नवराज खड्कालाई सम्मान गरिएको थियो । थारु सामुदायिक होमस्टे र पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिले उनीहरूलाई सम्मान गरेको हो ।      स्थानीय थारु अगुवाहरुले समुदायको ऐतिहासिक रहनसहन, रीतिरिवाज, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा जमुवालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले ०७५ वैशाखमा थारु सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । सोही ठाउँमा ०७७ कात्तिकमा थारु सांस्कृतिक संग्रहालय भवन निर्माण भएको छ ।      आप्mनो कला, संस्कृति, भाषा, वेषभूषा अमूल्य सम्पत्ति भएको र यसको संरक्षणमा आफैं लाग्नुपर्छ भन्ने सोचले होमस्टेपछि थारु सांस्कृतिक संग्राहलय सञ्चालनको तयारी भइरहेको होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीले बताए ।     होमस्टे क्षेत्र नजिकै अर्ना, हात्ती, साइबेरियन चरा पाइने कोशीटप्पु वन्यजन्तु आरक्ष, चन्द्रशमशेर राणाले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिक स्थल चतरा र वराहक्षेत्र, त्रियुगा र सप्तकोशी नदी, सामुदायिक वन, चुरे क्षेत्र, कमल दहलगायत प्रसिद्ध धार्मिक स्थल रहेकाले होमस्टे र संग्रहालयलाई आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रूपमा विकास गर्न खोजिएको बच्चुलाल चौधरी बताउँछन् । रासस

ह्रासोन्मुख सनातन धर्मको पुनरूत्थान

सनातन धर्म अति प्राचीन तथा विशिष्ट दर्शनमा अडिएको धर्म हो । दृश्य जगतको आविर्भावदेखि मानवोचित अनुशासन तथा कर्तव्यपालनका सन्देशहरू यहीँ समाविष्ट छन् । शाश्वत सत्यको खोजी र विश्लेषण गर्न सक्षम पूर्विय दर्शन पद्धतिहरू वेद, वेदाङ्ग एवं यसका उपाङ्गहरूमा आधारित छन् । सर्वोत्कृष्ट तथा प्राचीनतम् शब्द भण्डारबाट निःसृत आप्त प्रमाणहरूको आधारमा दर्शनहरूको सिर्जना भएको हो । […]

पुरस्कार रोकेको सरकारले कर्मचारीलाई पेन्सन नै नदिन के बेर !

सरकारी सेवालाई बढि सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवा गठन भएको हो। यस सेवा संचालनका लागि निजामती कर्मचारीहरू नियुक्ति भएका हुन्। यसर्थ, निजामती सेवा गठनको मूल मर्म अनुसार यसको पक्षमा काम गर्ने कर्मचारी यसमा सर्वोत्कृष्ट वा उत्कृष्ट कर्मचारी ठहरिने नै भए। साथै, अर्को पाटोबाट हेर्दा, निजामती सेवा गठनको उ...

यो वर्ष बजारमा आएका यी हुन् सर्वोत्कृष्ट क्यामरा फोन

सन् २०१७ मा विश्वको स्मार्टफोन बजारमा कयौं प्रोडक्टहरु आए । स्मार्टफोनको विद्यमान क्यामरा गुणस्तरमा निकै सुधार देखियो । अब दुई होइन, ४ वटा क्यामरा भएका स्मार्टफोन समेत बजारमा आइरहेका छन् । सन् २०१७ मा बजारमा आएका स्मार्टफोन, जसले क्यामराकै कारण चर्चा बटुल्न सक्षम भए, ती यस्ता छन्- १. Sony Xperia XZ1 …