गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गलत : प्रवक्ता श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले सरकारले ११ देशको राजदूत फिर्ता बोलाएपछि गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने विगतको गलत परम्पराले फेरि निरन्तरता पाएको टिप्पणी गरेका छन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेसको कोटाबाट राजदूत बनेका ११ जनालाई फिर्ता बोलाएपछि उनले असन्तुष्टि जनाएका हुन्। उनले भनेका छन्, ‘सत्ता स्वार्थका लागि गठबन्धन गर्ने, गठबन्धन दलका […]