राप्रपाको पदाधिकारी बैठक बस्दै, निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल हुने

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पदाधिकारी बैठक बस्दैछ । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताउनु भएको छ । निर्वाचन आयोगले हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्थासहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको थियो । राप्रपाले संशोध...