११ पुस, विराटनगर । बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् । सोमबार बिहानैदेखि धर्ना दिएका हुन् । उद्योगीको धर्नाका कारण राष्ट्र बैंकका कर्मचारी बाटोमै रोकिएका छन् । गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । […]