काठमाडौं : शुक्रबारदेखि दुई वटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। अनुप बरालको निर्देशनमा बनेको नेपाली फिल्म 'दोख' र टाइका वाईटीटीको निर्देशनमा बनेको हलिउड फिल्म 'थोरः लभ एण्ड थण्डर'ले एकसाथ प्रदर्शन थालेका हुन्। हलमा दर्शकको सबैभन्दा बढी चाप 'थोर'मा छ। फिल्मले मल्टिप्लेक्समा ७० देखि ९० प्रतिशतसम्म शो पाएको छ। मार्वल कमिक्सको पात्र ‘थोर’मा आधारित फिल्मको क्रेज विश्वभर नै छ। 'थोरः लभ एण्ड थण्डर' मार्वल सिने युनिभर्सको २९औँ फिल्म हो भने